महोत्तरीमा सुनसहित एक जना पक्राउ
0
Shares
नेपालभूमि, महोत्तरी ।
महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सम्सी हुँदै गौशालातर्फ पैदल आउदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन ।
साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।