सोनाको अध्यक्षमा जोशी निर्वाचित


काठमाडौं ।
सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना)को अध्यक्षमा ईश्वर जोशी निर्वाचित भएका छन् । सोनाको २८ औं साधारणसभाबाट  जोशी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोनाको उपाध्यक्षमा एकराज अधिकारी, महासचिवमा अर्जुन वस्नेत,  कोषाध्यक्षमा लोकेन्द्र आचार्य र उप महासचिवमा अभिषेक  बज्राचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा आस्था आचार्य, सृजना कोइराला, सुजन शिल्पकार, कौशल श्रेष्ठ र रुची बज्राचार्य निर्वाचित भएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिको तथ्याङक अनुसार हाल नेपालमा ४ हजार आर्किटेक्ट इन्जिनियर रहेका छन् । सोनामा हाल १६ सय जनाले सदस्यता लिएका छन् ।