एमाले संसदीय दलको नेतामा ओली चयन


५ पुस, काठमाडौं ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन भएका हुन । अर्को बैठक बुधबार बस्ने र उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एजेण्डा रहेको सासद ठाकुर गैरेले जानकारी दिए ।