आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर भएनः सांसद भट्टराई


भाद्र १८, काठमाडौ ।
कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताउनुभएको छ। दैनिक उपभोग्य बस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अबस्थामा तिनै तहका सरकार मुल्यवृद्धि नियन्त्रण र नियमनमा उदासिन बनेकोउहाँले बताउनुभयो ।
मंगलवार संसदमा आफ्नो धारणा राख्दै उहाँले मंहगीकै कारण नेपालमा महिला र घरेलु हिम्सा बढेको बताउनुभयो। उहाँले २०७८ ।०७९ को तथ्यांकअनुसार बलात्कार बिरुद्धका उजुरी मात्रै २५३२ रहेकोमा २०८० को जेठ र असारमा मात्रै समग्र तथ्यांकको ५२ प्रतिशत घरेलु हिंसाका घटना तथ्यांकले देखाएको उल्लेख गर्नु भयो।

उक्त अबधिमा ७४ वटा बलात्कारका घटना भएको ,१० वटा बलात्कारको प्रयास भएको,३६ वटा सामाजिक हिंसा ,१९ वटा हत्या र ३ वटा हत्याको प्रयासका घटना भएको जानकारी दिनु भयो ।
यति धेरै हिंसा र हत्याका घटना बढी रहदा समेत भएका नियम कानुनहरूको प्रभावकारी कार्यान्वयनमा सरकार असफल भएको भट्टराईले उल्लेख गर्नु भयो।
घरेलुु हिंसाका कारण आत्महत्याका घटना बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले अघिल्लो संसदको महिला तथा सामाजिक समिमिले हिंसाजन्य घटना न्यूनीकरणका लागी बिद्यालय तहको पठनपाठनमा अध्ययन अध्यापनको बिषय समाबेश गर्न दिएको निर्देशनको स्मरण गराउनुभयो।

आत्महत्या न्यूनीकरणका लागि बिद्यालय तहदेखि नै मानसिक स्वास्थको बिषय समाबेश गर्न उक्त समितिले निर्देशन दिए पनि सो कार्यान्वयनमा सरकारले चासो नदेखाएको उल्लेख गर्नुभयो।

हिंसा पीडितहरूका लागि सुरक्षित पुनर्स्थापना केन्द्र स्थापना गर्न र स्थानिय तहदेखी नै मनोसामाजिक बिमर्शकर्ताहरूको ब्यबस्था गर्न सरकारलाई संसद मार्फत ध्यानाकर्षण गराउछु। भट्टराईले उल्लेख गर्नु भएको छ ।