पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार श्रेष्ठलाई


नेपालभूमि, ललितपुर ।

पत्रकार दिनेश श्रेष्ठलाई पादरी गंगाप्रसाद प्रधान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।  युवा दर्शन पत्रिकाका सम्पादक श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले आयोजना गरेको नेपाली पत्रकारिताका आदि पत्रकार पादरी गंगा प्रसाद प्रधानको १७१ औँ जन्मस्मृति कार्यक्रममा पच्चिस हजार राशिको उक्त पुरस्कारबाट पत्रकार श्रेष्ठलाई सोमबार सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा। मंगलमान महर्जन र नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ। सूर्य बहादर बल तामाङ ९हनोक०को बाहुलीबाट श्रेष्ठ सम्मानित भएका छन् ।

सामाजिक सरोकारका मुद्दामा विशेष गरी सिमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग तथा ख्रीष्टियन समुदायका लागि पत्रकारिता क्षेत्रबाट योगदान गरेका पत्रकारलाई यो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । यो वर्ष श्रेष्ठलाई ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले पत्रकारिताको यात्रामा विभिन्न आरोह अवरोहका बीच अनवरतरुपमा दुई दशकसम्म निरन्तर पत्रकारिताको माध्यमबाट समुदायमा महत्त्वपूर्ण योगदान पुऱ्याएको भन्दै उक्त सम्मान गरेको हो ।

मोफसलमा पत्रकारिता गर्दै आएका सक्रिय पत्रकार श्रेष्ठ ०५९ सालबाट अनवरतरुपमा नेपाली पत्रकारिताको क्षेत्रमा बोलाङ मञ्च, युवा भावना पत्रिकामा सम्पादकको भूमिका वहन गर्नुहुँदै विगत १५ वर्षदेखि युवा दर्शन द्वैमासिक पत्रिका निरन्तर प्रकाशन गर्दै आउनु भएको छ ।

कार्यक्रमका संयोजक तथा सिजेएफ नेपालका सहकर्मी सदस्य पत्रकार कुमार सिंह विष्टले पत्रकार श्रेष्ठले पत्रकारिता मार्फत आवाजविहीनहरुको आवाजलाई प्राथमिकतासाथ उठान गरी समाजलाई सुमार्गमा डोऱ्याएको योगदानको उच्च मूल्याङकन गर्दै सम्मान गरेको जानकारी दिएका छन् । निकै कष्टकर अबस्थामा पनि पत्रकारिता गर्दै आउनु भएका दिनेश श्रेष्ठको उज्जवल भबिश्यको कामना गरिएको छ।