भारतीय गायिका लता मंगेशकरको निधन


नेपालभूमि, काठमाडौं । 

लोकप्रिय भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार ९२ वर्षको उमेरमा मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निभन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी केही समयदेखि अस्वस्थ थिइन् । गायिका मंगेशकरले बलिउडमा थुप्रै चर्चित गीतहरू गाएकी छन् ।  उनले थुप्रै नेपाली गीतमा समेत स्वर भरेकी छन् ।