शितगंगाका विद्यालयमा आइतबारदेखि पढाइ हुने


अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाका विद्यालयमा २० भदौ अर्थात् आइतबारबाट पढाइ हुने भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन हुने भएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी एक बेन्चमा दुईजना राखेर पठनपाठन सुरु गर्ने निर्णय भएकोे शितगंगा नगरपालिकाका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नागेन्द्र नेपालले बताए । जिल्लाका अन्य विद्यालयमा पनि पढाइ थाल्ने तयारी छ ।