८ सयले घट्यो सुनको मूल्य
0
Shares

काठमाडौं ।
सुनको मूल्य ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा पुगेको छ। आइतबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ तोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहको छ।