२५ किलो गाँजासहित तीन जना समातिए
0
Shares

सिरहा । मिर्चैयामा नगरपालिका-९ बाट २५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने रणबहादुर श्रेष्ठको घरबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको थियो।
श्रेष्ठ हाल फरार रहेको प्रहरीले जनाएको छ। गाँजा किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिक-८ का ३३ वर्षीय सञ्जीव मण्डल लगायत तीन जनालाई पक्राउ गरेको छ।