गजल
0
Shares

– विष्णु रैगाईँ
याद पनि ऊ जस्तै प्यारा बनायो
र मेरा पलपल अप्ठ्यारा बनायो
गुलाबले थानामा उजुरी दिएको छ
प्रेमले बुद्धलाई हत्यारा बनायो
आज उनीहरु खाडीमा भेटिन्छन्
हिजो जस्लाई पार्टीहरुले नारा बनायो
आऊ उत्पीडनका बिरुद्ध उठौँ भन्नेले
रोल्पाहरु भन्छन् उल्टै सर्वहारा बनायो