थारु र मुस्लिमलाई मधेशीबाट हटाउने मधेशी आयोगको निर्णय


२६ मंसिर, काठमाडौं ।
मधेशी आयोगले थारु र मुस्लिम लाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ ।्र आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।
मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् । थारु र मुस्लिम समुदायका विभिन्न संघ(संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार सो उजुरी माथि आयोगले निर्णय लिदै थारु र मुस्लिम लाई मधेशी बाट हटाउने निर्णय गरेको बताएका छन् । मधेशी आयोगले २०७८र७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।