शहरी विकास मन्त्रालयको सचिवमा आचार्य


२५ मंसिर, काठमाडौं ।
मन्त्रीपरिषद्को बैठकले शहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई सुरुवा गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव आचार्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । यसअघि मंसिर ६ गते शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहको अनिवार्य अवकाश भएसँगै सो पद रिक्त रहदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले राम आधार साह लाई सचिवमा बढुवा भएसँगै आचार्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो ।