भलिबल लागि कवर्ड हल निर्माणको काम तत्काल अघि बढाउँछौः सदस्य सचिव घिसिङ


२७ भदौ, काठमाडौं । काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए । राखेप सदस्य सचिव घिसिङ समक्ष संघले अन्तरराष्ट्रिय स्तरको कबर्ड हल, कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेको कुराको ध्यानाकर्षण गराएको थियो । राखेप सदस्य सचिव घिसिङ्ले उमेर उमेर समुहगत राष्ट्रिय प्रतियोगीता, उमेर समुहगत अन्तरराष्ट्रिय सहभागीतालाई पहिलो प्राथामिकता दिनु पर्नेमा जोड दिए ।

राखेप सदस्य सचिव घिसिङले एक सुत्रिय भलिबलको लागि कबर्ड हल निर्माणको लागि जती सक्दो चाँडो स्थान फाइनल गर्न आग्रह गर्नु भयो । साथै स्थान फाइनल गर्ने बितिक्कै कबर्ड हल निर्माणको काम अघी बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले भने, ुभलिबलको लागि कबर्ड हल निर्माणको काम जतिसक्दो चाँडो गर्न तयार छु । आउँदो नवौँ राष्ट्रिय खेलकुदबाट धेरै नयाँ प्रतिभा आउन सक्छ । नयाँ ट्यालेन्ट को हुन सक्छ भन्ने कुराको खोजी गर्नु होला । नवौँ राष्ट्रिय खेलकुदको भलिबल तर्फको प्रतियोगिताको फतलाको शुभकामना व्यक्त गर्दछु ।