एकीकृत समाजवादी गुल्मीले भन्यो–एमालेसँग पार्टी एकता भएको छैन


२० भदौ, काठमाडौं ।
नेकपा एकीकृत समाजवादी गुल्मीले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता भएको समाचार गलत भएको बताएको छ । एकीकृत समाजवादी गुल्मीले केही गलत पात्र एमालेमा प्रवेश गरेको विषयलाई पार्टी प्रवेश भनेर गलत भ्रम सृजना गरेको बताएको हो ।

सोमवार एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनाल पदीय दुरुपयोग गरेर एमालेसँग एकता गरेको गलत हल्ला फैलाएकोप्रति समाजवादीले आपत्ति जनाएको छ । एकीकृत समावादी गुल्मीका सह–इन्चार्ज गणेश विश्वकर्मा, उपाध्यक्षद्धय चन्द्र सुनार र राम मल्ल ठकुरीद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा दुई जना पात्र एमालेमा प्रवेश गरेर सिंगो पार्टी नै प्रवेश भएको भनेर गलत हल्ला फैलाउनु गलत भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, पार्टीलाई नै दुरुपयोग गर्ने दुई व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिउको जनाइएको छ । संस्थापक अध्यक्ष श्रीराम महतसहितको सिंगो पार्टी एक ढिक्का रहेको दावी गर्दै विज्ञप्तीमा पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक र मतदातालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरिएको छ ।