काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट संघको लागि राजन केसी सर्वसम्मत उम्मेदवार सिफारिस


१८ भदौ, काठमाडौं ।
काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसी संघतर्फको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस हुनुभएको छ । यसअघि दुई पटक काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएका केसी तेस्रो पटकको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनुभएको हो ।

पूर्व मन्त्री समेत रहेका केसीलाई बुधवार बसेको पार्टीको बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । क्षेत्रिय सह–सहसचिव मिलन विष्टले पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद केसीलाई सर्वसम्मत रुपमा संघको उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।