मध्यपुर थिमि नगरपालिकामा माैलिकता संरक्षण अभियान सुरू


भदाै १४ काठमाडाै‌ ।
मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक र भाैगाेलिक पहिचान झल्कने गरि नगरभित्रका विभिन्न ठाउँकाे नाउँ पुरानै स्थापित गराउने अभियान थालेकाे छ । नगरभित्र अाफु खुसि बाेर्ड राखेर पुरानाे नामलाई प्रतिस्थापन हुनेगरी गतिविधि बढेकाे भन्दै माैलिकता संरक्षणकाे लागि प्रयास थालेकाे हाे ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठकाे संयाेजकत्वमा अाज नगरका बुद्धिजीवी, सराेकारवाला पक्ष, सञ्चारकर्मीहरूकाे सहभागितामा दाेस्राे भेला गरेकाे छ । भेलाले अढाइ दसकदेखि थिमि क्षेत्रकाे अनुसन्धान गर्दै अाएकाे संस्था मालेकुलेका संस्थापक ई. राजेन्द्र तूबन्जा श्रेष्ठकाे नेतृत्वमा ११ सदस्यीय ‘स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समिति’ बनाएकाे छ ।
समितिमा सदस्यहरू क्रमशः बाबुकाजी साःछेँ श्रेष्ठ, केके मानन्धर, श्याम कृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, विनाेद काेजु, तुलसीभक्त घजु, विनाेद खमु, भरत ध्वं श्रेष्ठ, जगत कृष्ण प्रजापति तथा सुरेन्द्र बहादुर सिजापति छन् । २०५३ सालमा स्थापना भएकाे मध्यपुर थिमि नगरपालिकाका साविक पाँच वटा गाउँ विकास समितिबाट भाैगाेलिक प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ । समितिलाई सर्वसम्मत बनाउन समावेशी सहभागिताकाे अाधारले अावश्यकता बमाेजिम सल्लाहकार समिति, मनाेनित सदस्य, उपसमितिहरू थप गर्दै जाने समझदारी बनाएको छ । समितिले नगरभित्र बनिसकेका घरहरूकाे नम्बरिङ्ग गर्दै, टाेल, चाेक, दाेबाटाेदेखि मुख्य सडकहरूकाे विषयमा उपलब्ध अभिलेख, स्थानियहरूकाे सुझाव संकलनलाई मुख्य अाधार बनाएर ऐतिहासिक पृष्ठभूमिलाई अपभ्रंस नहुनेगरी पुरानै नाउँ प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समितिले रञ्जना लिपि, देवनागरी र अंग्रेजी लिपिबाट प्रत्येक टाेलमा बाेर्ड राख्ने, अनलाइन प्रविधिकाे गुगलमा रेकर्ड हुनेगरी डिजिटल म्यापिङ सिस्टम समेत लागू गर्नेछ । भेला पश्चात् बैठककाे निर्णय पुस्तिकालाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समितिका संयाेजक ई. राजेन्द्र तूबन्जा श्रेष्ठलाई हस्तान्तरण गरेकाे छ । कार्यक्रममा उपप्रमुख विजय कृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, पूर्व वडाध्यक्ष, संस्कृतिका अध्येता, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानियबासीहरूकाे सहभागिता थियाे ।
नगरपालिकाले यसअघि पनि मूर्त अमूर्त सम्पदा संरक्षण, विकास र प्रवर्द्धनकाे क्षेत्रमा काेशेढुङ्गा साबित हुनेगरी थुप्रै काम गरिसकेको दाबी गरेकाे छ । नगरपालिकाले सानाे ठूलाे अभियानमार्फत ‘हाम्राे कला, हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारालाई सार्थक हुनेगरी काम गरिरहेकाे बताइएको छ ।