मन्त्री बडू र विश्व बैंकका देशीय निर्देशक जेर्भोसबीच भेटवार्ता


नेपालभूमि, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार अपराह्न मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रत्यक्ष वैदेशिक लगानी, नेपालको विकास प्रयासमा विश्व बैंकको भूमिका र नेपालको विकास प्राथमिकताका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।