आर्थिक विधेयकमाथि ६ असारदेखि दफावार छलफल हुने


नेपालभूमि, काठमाडौं ।

संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् ।

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुतमले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ ।