मन्त्री झाँक्रीको सक्रियतापछि उठ्यो काठमाडौंको फोहोर (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सक्रियतापछि काठमाडौंको फोहोर उठेको छ । सोमबार बिहान
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितसँग काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

उक्त निर्देशन अनुसार काठमाडौं महानरपालिकाले राति नै फोहोर उठाएको थियो । मन्त्री झाँक्री आफै फोहोर उठे नउठेको बारे जानकारी लिन राति अनुगमनमा निस्किनुभएको थियो । उहाँले बालाजु, रातोपुल लगायतका क्षेत्रमा अनुगमन समेत गर्नुभएको थियो ।

काठमाडौंबाट फोहोर विसर्जनका लागि झण्डै १०० फोहोर बोकेका ट्रक बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट पठाइएको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो । काठमाडौंको फोहोर पहिलो पटक बन्चरे डाडाँमा विसर्जन गरिएको पनि प्रशासकीय अधिकृतले बताउनुभयो ।