वरिष्ठ कलाकार जयनन्द लामाको निधन


नेपालभूमि, काठमाडौं ।

वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनले कलकत्ते काइँयो लगायतका चर्चित गीतहरू गाएका थिए । पछिल्लो समय चलचित्र अभिनयमा पनि व्यस्त थिए ।

उनले छक्का पन्जा चलचित्रका केही सिरिजहरूमा अभिनय गरेका थिए ।  भने नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो नेपाल लोकस्टारको निर्णायकको भूमिकामा आबद्ध थिए ।

लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।

उनका केही हिट गीतहरू यस्ता छन्

सौजन्य : म्यूजिक नेपाल