वित्तिय खर्च ८० प्रतिशत पुर्‍याउने गरी काम गर्न महानिर्देशक घिमिरेको निर्देशन


काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागका नवनियुक्त महानिर्देशक कुमार प्रसाद घिमिरेले चालु आर्थिक बर्षमा वित्तिय खर्च न्युनतम ८० प्रतिशत पुर्‍याउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आज विभागमा पदवहालीपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वित्तिय खर्च बढाउनका लागि प्रभावकारी ढंगले काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

‘हामी सबै लिएर काम गरेर परिणाम देखाउनु छ, वित्तिय प्रगति बढाएर हामीले जिम्मेवारी पूरा गर्नुपर्ने छ’, घिमिरेले भन्नुभयो,‘विभागले सामना गर्दै आएको समस्या समाधान गर्न सामुहिक प्रतिबद्धताले मात्र सम्भव छ ।’
विभागलाई अझ राम्रो बनाउनका लागि सबै सहकर्मीहरुसँगको साथ र सहयोगको खाँचो रहेको बताउदै उहाँले विभागको शीर उच्च बनाउन गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।