खनाल उपसचिवमा बढुवा


काठमाडौं ।
संघीय आयोजना कार्यान्वयन इकाई  धनुषाका आयोजना प्रमुख  प्रदीप खनाल उपसचिवमा बढुवा हुनुभएको छ । नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह,बिल्डिङ्ग एण्ड  आर्किटेक्ट उप–समूह अन्तर्गत खनालको  उपसचिवमा बढुवा भएको हो । वि.स. २०६६ सालमा नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह,बिल्डिङ्ग एण्ड  आर्किटेक्ट उप–समूह समुहबाट खनालले सेवा प्रवेश गर्नुभएकाे थियाे । नवनियुक्त उपसचिव खनालले बुधवार शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबाट नियुक्ती पत्र लिनुभएको छ ।