विभागद्धारा २१ बुँदे घोषणा पत्र सार्वजनिक


काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागको एक दिने समिक्षा गोष्ठीले २१ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा सरकारी भवन डिजाइन, निर्माण तथा मर्मत सम्भार सम्बन्धमा एकद्धारा नीति कार्यान्वयन गरी अन्य भवन को डिजाइन तथा निर्माण कार्यसँगै सम्बन्धित जनशक्ति नभएका सरकारी निकायबाट आफै भवन निर्माण गर्ने प्रचलनलाई निरुत्साहित गर्न भवन निर्माण कार्याको प्राविधिक सहयोग एवं परामर्श सेवा सम्बन्धि कार्यविधि तयार गरी लागू गरिने उल्लेख गरिएको छ ।
सुरक्षित भवन निर्माण अन्तर्गत भुकम्पीय दृष्टिले अत्यन्तै संवेदनशील सरकारी सार्वजनिक भवन, निजी आवासहरुको राष्ट्रिय भवन संहिता बमोजिम हुने गरी प्रबलीकरण डिजाइन सम्बन्धि अवधारणा पत्र, प्रबलिकरण कार्यविधि तथा निर्देशिका तयार गरी नमूनाको रुपमा कार्य अघि बढाइने भएको छ । पन्ध्रौ योजनामा उल्लेखित रुपान्तरणकारी आयोजनाहरु मध्ये नयाँ शहर आयोजना र शहरी कोरिडोर आयोजनाको राष्ट्रिय सोच अनुरुप प्रतिफल हासिल हुने गरी आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमको खाका तयार गर्दा र जनशक्ति व्यवस्थापन गर्दा उक्त विषयलाई प्रमुख प्राथमिकता दिई लक्ष्य, उद्देश्य बमोजिम कार्यान्वयन गरिने घोषणा गरिएको छ ।
यस्तो छ २१ बुँदे घोषणापत्र