सार्वजनिक यातायातका चालक र सहचालकलाई अब ड्रेस र परिचय पत्र


काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीहरुलाई ड्रेस, परिचयपत्र र सवारी साधनको सफाई अभियान शुरु गरेको छ । मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गर्नुभएको छ भने भने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाईको प्रतिबद्धता जनाएको छ । राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनमा अव ड्रेस र सफाई अभियान सञ्चालन हुने भएको छ ।