चिनियाँ राजदूत छन सोङलाई नगर प्रमुख प्रजापतिबाट स्वागत


भक्तपुर ६, साउन ।
नेपालका लागि चिनिया राजदूत छन सोङसहितको प्रतिनिधिमण्डलद्वारा शनिबार भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई र उपप्रमुख रजनी जोशीलगायतले दरबार क्षेत्रको मुल प्रवेशद्धारमा ढाका टोपी, खादा र पुष्पगुच्छाले स्वागत गर्नुभएको हो । टोलीले भक्तपुर दरबार क्षेत्र, लु ध्वाका, फसि देग, टौमढीस्थित पांचतल्ले मन्दिर, गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरलगायतको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।