मन्त्रालय भागवण्डा टुंगियो, भोलि १ बजे नयाँ मन्त्रीको सपथ


२ माघ, काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । योसँग भोलि १ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको गृहमन्त्री रवि लामिछानेले बताए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनले कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने केही बताउन चाहेनन ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौै । भोलि एक बजे अघि टुंग्याउँछौ, उनले भने ।