विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डकाे तयारी


२० पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।
बैठकमा
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारले थालेका कामहरूको समीक्षा गर्दै न्सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर भएका कामहरूका साथै नीतिगत परिवर्तन ल्याउनेगरी छलफल भएको बताउदै उनले मन्त्रालय फुटाउने भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको बताए । उनका अनुसार गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत भएको छैन् ।