पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन गर्दै प्रचण्डको घोषणाः निजगढ विमानस्थल पनि बनाउँछौं (फोटोफिचर)


१७ पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थल सञ्चालनमा आउनु देशको गौरवको विषय भएको बताएका छन् । राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर सञ्चालनमा आउने खुसीको विषय भएको बताउदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समृद्धिको आधार भएको बताएका हुन् ।
आयतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डलेले यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्ने बताए । उनले भने,‘‘सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु, ‘यो तेस्रो अन्तरार्ष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।’

चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु, उनले भने ।
अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गरेका थिए । पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ।

 

hdr