देउवाले छाडे वालुवाटार, प्रचण्ड सर्ने तयारी


१३ पुस, काठमाडौं ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । १० पुसमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । यसैबीच केही दिनभित्र नै नवनियुक्त प्रधानमन्त्री प्रचण्ड सरकारी निवास वालुवाटारमा सर्ने तयारी भएको छ । प्रचण्डले सरकारी निवास वालुवाटारमा कुनै पनि विलासी सामान खरिद नगर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् ।