खुमलटारमा प्रचण्ड–ओली भेटवार्ता सुरु, माधव नेपाल पनि जादै


१३ पुस, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको निजी निवास खुमटारमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख र बाँकी मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटाउनका लागि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ । यसैबीच सरकारमा सहभागी हुने विषयमा छलफल गर्न प्रचण्ड र ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि खुमलटारमा बोलाएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेटवार्ता गरेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।