नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सम्हाले कार्यभार (फोटोफिचर)


११ पुस, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएसँगै आज साँझ सिंहदरवारमा कार्यकार सम्हालेका छन् । पदभार ग्रहण गर्दै प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।