विशेष भवन निर्माण आयोजनाका निर्देशक महर्जन सम्मानित


१९ मंसिर, काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जन सम्मानित भएका छन् ।
काठमाडौं महानगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा महर्जन सम्मानित भएका हुन् ।
काठमाडौं महानगर भित्रको अमूर्त सम्पदा संरक्षण र प्रबद्र्धमा विशेष योगदान गरीपरम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै किलांघःत्वा बाट सिफारिसमा महर्जनलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहले उनलाई सम्मान गरेका हुन् ।