बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन


काठमाडौं, २५ असोज ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका हुन् ।
निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले चेतावनी दिएको छ । बैठकले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि एक्ताबद्ध भएर लाग्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।