सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्रेष्ठ निजामती सेवा पुरस्कारबाट पुरस्कृत


२२ भदौ, काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ निजामती सेवा पुरस्कारबा पुरस्कृत हुनुभएको छ । व्यवसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन भन्ने नारा सहित मनाइएको १९ औ निजामती सेवा दिवसको अवसमा महानिर्देशक श्रेष्ठस, सिनियर डिभिजनल इन्जिनियर एवं डोटीका आयोजना प्रमुख चन्द्रकाजी गुरुङ निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । निजामती सेवा दिवसको सन्दर्भमा शहरी विकास मन्त्रालयबाट आर्थिक बर्ष २०७८÷०७९ को उत्कृष्ट कर्मचारीको रुपमा मन्त्रालयका कम्युटर अपरेटर स्नेह निरौलालाई पुरस्कृत गरिएको थियो ।