नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न सचिव गेलालको आग्रह


२२ भदौ, काठमाडौं ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले नागरिकलाई केन्द्रमा राखेर कर्मचारीले सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले कर्मचारीले नागरिलाई सहज रुपमा चुस्त दुरुस्त रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको ।
निजामती सेवा दिनको अवसरमा खानेपानी मन्त्रालय विभागिय कार्य समितिले प्रकाशन गरेको ‘शासन र सेवा प्रवाह’ नामक पुस्तको विमोचन गर्दै सचिव गेलाले कर्मचारीले नागरिकको सेवामा मन बचन र कर्मबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘नागरिकको सेवा गर्छु भनेर निजामती सेवामा प्रवेश गरेकाले नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’ उहाँले निजमती सेवाभित्र रहेका विकृति र विसंगतीलाई सबै मिलेर हटाउनु पर्नेमा जोड दिनुभयो ।

सचिव गेलालले पुस्तकमा समावेश गरिएका विषय बहुउपयोगी रहेको उल्लेख गर्दै नविनतम लेख रचना समावेश गरेकामा धन्यवाद दिनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दवाडीले निजामती सेवालाई गतिशिल बनाएर लैजानु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कर्मचारीप्रति नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गरेर नागरिकको मन जित्न सक्नु पर्छ ।’
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीले नागरिकको हितमा राखेर काम गर्दै आएको बताउनुभयो ।
खानेपानी विभागिय कार्य समितिका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा शासन र सेवा प्रवाह नामक पुस्तकको चर्चा गरिएको थियो । उक्त पुस्तकमा निजामती सेवा र सेवा प्रवाहसँग सम्बन्धित विभिन्नि विषयमा विज्ञता भएका ३७ वटा लेख रचना समावेश गरिएको छ ।