प्रधानमन्त्री देउवाद्धारा वुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन (फोटोफिचर)


११ भदौ, वुटवल ।
लुम्बिनी प्रदेशको वुटवलमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गरेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्नको लागि निर्माण गरिएको वुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज एक कार्यक्रमकोबीच उदघाटन गरेका हुन् ।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत रहेको वुटवल सभा हल एवं प्रदर्शनी केन्द्र आयोजनाले १ अर्ब ११ करोड लगानीमा सम्मेलन केन्द्र निर्माण गरेको हो । सम्मेलन केन्द्रमा एउटा एक हजार सिट क्षमतासहित विभिन्न १२ वटा साना ठूला सभा हल रहेका छन् । सम्मेलन केन्द्रमा एकै पटकमा २ हजार मानिस अटन सक्ने क्षमता रहेको छ । साढे नौ विगाहमा फैलिएको सम्मेलन केन्द्रको छानो नेपालको राष्ट्रिय झण्डाले ढाकिएको छ ।