वुटवलमा बन्यो नेपालकै नमूना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (फोटोफिचर)


११ भदाै, वुटवल ।
आकाशबाट हेर्दा छानोमा नेपालको राष्ट्रिय झण्डाले ढाकिएको छानो । बाहिरी आवरण उत्तिकै आकर्षण र सुन्दर । चारैतिर आकर्षक मौलिकता झल्कने गेट । यही गेटभित्र बनेको छ, नेपालकै नमूना वुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । पृथक सोच र चिन्तनबाट निर्माण गरिएको केन्द्रको छानोमा नेपालको राष्ट्रिय झण्डा राखेर नयाँपन दिइएको छ । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाले सुसज्जित सम्मेलन नेपालकै नमूना सम्मेलन केन्द्रको रुपमा खडा भएको छ ।

लुम्बनी प्रदेशको वुटवल उपमहानगरपालिका ठूला सभा सम्मेलन गर्ने व्यवस्थित सभा हल नहुँदा यस क्षेत्रमा कुनै सभा समारोह गर्नु पर्दा निकै सास्ती झेल्दै आएका थिए । बढदो जनसंख्याको चापसँगै ठूला कार्यक्रम गर्नका लागि यहाँका नागरिकले खुल्ला चौरलाई नै रोज्नु पर्ने बाँध्यता रहदै आएको थियो । तर वुटवल उपमहानगरपालिको वुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल निर्माण भएसँगै अब चर्को काम र पानी पर्दाको सास्ती हटने भएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको वुटवल सभाहल एवं प्रदर्शनी स्थल निर्माण आयोजनाले वुटवलमा झण्डै दुई हजार भन्दा बढी मानिस एकै पटक अटने सभाहल निर्माणको काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको सभाहल निकै आधुनिक र सुविधा रहेको छ ।करिब १ अर्ब ११ करोड लागतमा निर्माण भएको सम्मेलन केन्द्र भित्र जति आर्कषक र सुविधा सम्पन्न छ, बाहिरी रुप झन मनमोहक र सुन्दर छ ।

मुख्य हलमा एक हजार मानिस हटाउने क्षमता रहेको छ । सभा हलभित्र नै दुई वटा बहुउदेश्यीय सभा हल रहेको छ । सभा हलमा सुविधायुक्त कुर्सी जडान गरिएको छ । सभा हलभित्र जडान गरिएको हरेक कुर्सीबाट सहज मञ्च देख्न सकिने गरी निर्माण गरिएको छ । सभा हलको आवश्यक पर्ने पूर्वाधारसहित आकर्षण मञ्च निर्माण गरिएको छ ।

वुटवल सभाहल निर्माण भएसँगै अब यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलनहरु गर्न सहज हुने भएको छ । सभाहल परिसरमा चार सय गाडी र चार सय मोटरसाइकल एकै पटक पार्किङको गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको वुटवल सभा हल एव प्रदर्शनी केन्द्रका आयोजना प्रमुख धमेन्द्र पन्थी बताउछ । सभाहलमा विशिष्ट व्यक्तिहरु सिधै आउनको लागि सभाहल परिसरभित्र नै हेलिप्याड समेत निर्माण गरिएको छ । लिफ्टको सुविधासहित निर्माण सम्पन्न सम्मेलन केन्द्रमा सहज रुपमा विद्युत आपूर्तिका लागि ट्रान्सफर्मसँगै ठूलो क्षमताको जेनेरेटर समेत जडान गरिएको छ । विद्युत आपूर्ति बन्द भएको अवस्थामा तत्कालि जेनेरेटरबाट विद्युत प्रवाह हुने व्यवस्था मिलाइएको उनले बताए ।

Type=N, Mode=P, DE=None

सम्मेलन केन्द्रमा प्रवेश हुने र बाहिरिने गरि ५ वटा आकर्षक अलग–अलग गेट निर्माण गरिएको छ । जस मध्य एउटा गेट भिआइपीहरुको लागि प्रयोग हुने छ भन्ने अन्य गेट सर्वसाधरणका लागि प्रयोग हुनेछ । सम्मेलन केन्द्रभित्र प्रवेश गर्न र बाहिरन सहज होस भनेर पाँच वटा गेट निर्माण गरिएको आयोजनाले बताएको छ । सम्मेलन केन्द्र परिसरमा निर्माण गरिएको गेटले पनि सुन्दरता थप्ने काम गरेको छ । परिसरभित्र बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर लगायतका संरचना निर्माण गरिएको छ ।

Type=N, Mode=P, DE=None

सम्मेलन केन्द्रलाई चट्याङबाट जोगाउनका लागि आधुनिक प्रविधिको प्रयोग मार्फत अर्थिङ गरिएको छ । एउटै केन्द्रभित्र निर्माण गरिएको विभिन्न फरक– फरक हल भएको कारण कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ । कार्यक्रम आयोजकले आफ्नो आवश्यकता अनुसारको हलको प्रयोग गर्न सक्नेछन, उनले भने ।
वि. सं. २०७१ पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण केही झण्डै चार बर्ष प्रभावित बन्न पुगेको थियो । निर्माण स्थलमा साइट क्लिएर नहुँदा रोकिएको काम पुनः २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम सुचारु भएको थियो । ठूलो संरचना भएकाले तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । तर थप भएको म्याद अगावै गत आर्थिक बर्षमै सम्मेलन हल निर्माणको काम सम्पन्न भएको हो ।

९.६ बिगाहामा बनेको सम्मेलन केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तरमा पनि परिवर्तन हुने अपेक्षा सरकारले गरेको छ ।सम्मेलन केन्द्रको सञ्चालन र व्यवस्थापनमा मासिक झण्डै तीन करोडसम्म खर्च हुने अनुमान आयोजनाले गरेको छ । अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्नका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका झन महत्वपूर्ण देखिएको छ ।

Type=N, Mode=P, DE=None

१६ विगाहा क्षेत्रफल मध्ये ९.६ विगाहामा सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६.५ विगाहमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणधिन अवस्थामा रहेको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम पनि धमाधम भइरहेका । प्रदर्शनी केन्द्रको ६१ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । बुटवल मण्डपमा रुपन्देहीका संघ संस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए । प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भएपछि यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, बर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सहज हुनेछ । प्रर्दशनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ । नेपालका पुराना नगरपालिकाहरु मध्य वुटवल उप महानगरपालिका पनि एक हो । देशका प्रमुख राजमार्गहरु पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको छ ।

ठूलो हल भएकाले यसका लागि आवश्यक पर्ने सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिएको छ । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले सम्मेलन केन्द्रलाई आधुनिक ढंगले निर्माण सम्पन्न गरिएको बताए ।
सम्मेलन केन्द्र निर्माण सम्पन्न भएपछि सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको पन्थी बताउन ।

रुपन्देहीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीसँगै जोडिएको बुटवलमा बढ्दो सहरीकरणका कारण सम्मेलन केन्द्रको महत्व झन बढने देखिएको छ । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्र निर्माण हुनु आफूहरुको लागि खुसीको विषय भएको बताए ।बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।