कृषि मन्त्री यादवद्धारा पशु चिकित्सा परिषद् भवनको उदघाटन


मंसिर २२, काठमाडौं । त्रिपुरेश्वरमा नवनिर्मित नेपाल पशु चिकित्सा परिषद् भवनको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले उदघाटन गरेका छन् । बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्री यादवले भवनको उदघाटन गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका भेटेरिनरी कम्प्लेक्स लगायतका कार्यालयहरुको निरीक्षण गर्दै मन्त्री यादवले पशुपन्छीका रोग निदान प्रविधिलाई समय सापेक्ष परिस्कृत गर्दै लैजानु पर्नेमा जोड दिए ।

महत्त्वपूर्ण पशुपन्छीका सबै रोगहरुको प्रयोगशाला निदान तथा इपिडेमियोलोजिकल अन्वेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरुसँग समन्वय गरि रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रक्रियामा एकरुपता ल्याउने मन्त्री यादवले निर्देशन दिए । राष्ट्रिय दृष्टिकोणबाट संवेदनसिल देखिएका जैविक तत्वहरुको संरक्षण, संचय तथा समुचित उपयोग गर्ने व्यवस्था मिलाउन आवश्यक पहल थाल्ने उनले बताए ।

उक्त कायृक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा. सम्झना कुमारी काफ्ले,नेपाल पशु चिकित्सा परिषद्का पदाधिकारी, पशु सेवा विभागका महानिर्देशक, उपमहानिर्देशक, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक लगायतको सहभागीता रहेको थियो ।