काठमाडौंमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
0
Shares

काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै आज काठमाडौं उपत्यकामा ११३ जनामा संक्रमण देखिएको छ । योसँगै उपत्यकामा १४३० जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जनामा सक्रिय संक्रमित छन्।