काठमाडौंमा थप ५१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/08/zzGTU5GmGDTvr8RRogHkMv97BL55hkEl08xTgcgr-768x402.jpg)
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।