रैगाईँ एकता समाज नेपाल गठन, यस्तो छ १५ सदस्यीय कार्यसमिति


नेपालभूमि, काठमाडौं ।

रैगाईँ एकता समाज नेपाल गठन भएको छ । बिहीबार काठमाडौंमा आयोजित रैगाईँ समुदायको एक भेलामार्फत् समाजको  १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हाे । कमिटीको अध्यक्षमा बनमाली रैगाईँ चयन भएका छन् । उपाध्यक्षमा केशर रैगाई र कृष्ण बहादुर रैगाईँ चयन भएका छन् । यस्तै सचिवमा विष्णु रैगाईँ चयन भएका छन् ।

भेलाले सल्लाहकार संयोजकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेक बहादुर रैगाईँलाई चयन गरेको छ । सल्लाहकारहरुमा पूर्व जिल्ला शिक्षा अधिकारी बल बहादुर रैगाईँ र प्रहरी निरीक्षक जगत रैगाईलाई चयन गरेको छ ।

देशका विभिन्न स्थानमा पुगेर विभिन्न अध्ययन तथा अनुसन्धानमार्फत् रैगाईँ समुदायको इतिहासदेखि वंशावली समेतको दस्तावेजीकरण गरेका सल्लाहकार संयोजक तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेक बहादुर रैगाईँले रैगाई समुदायको एकता र समृद्धि अपरिहार्य रहेको बताए । उनले रैगाई समुदायको झण्डै ५० पृष्ठको ‘रैगाई समुदायको इतिहास तथा वंशावली’ संकलन गरेर पुस्तक समेत प्रकाशन गरेका छन् ।

देशभर छरिएर रहेका रैगाईँ समुदायको एकता र समृद्धिका लागि उक्त कमिटी गठन गरिएको अध्यक्ष बनमाली रैगाईँले बताए । पुर्खाले आर्जन गरेको  इतिहास  र वर्तमानको धरातलमा टेकेर रैगाईँ समुदायको एकता र उन्नतिमा यो कमिटी कोसेढुङ्गा सावित हुने सचिव विष्णु रैगाईले बताए  ।

कार्यसमिति

अध्यक्ष : बनमाली रैगाईँ
उपाध्यक्ष : केशर रैगाईँ
उपाध्यक्ष :कृष्ण बहादुर रैगाईँ
सचिव : विष्णु रैगाईँ
सहसचिव : चन्द्र रैगाईँ
कोषाध्यक्ष : इन्द्र रैगाईँ
सह कोषाध्यक्ष : सुर्य कुमार रैगाईँ

सदस्यहरु

शंकर रैगाईँ
नविन रैगाईँ
सन्तु रैगाईँ
हिरा रैगाईँ
तारा रैगाईँ
सुमन रैगाईँ
सुवास रैगाईँ
सुचना रैगाईँ

सल्लाहकारहरु

माननीय टेक बहादुर रैगाईँ, प्रदेश सभा सदस्य सुदूरपश्चिम प्रदेश (संयोजक)

बल बहादुर रैगाईँ, पूर्व जिल्ला शिक्षा अधिकारी

जगत रैगाईँ, प्रहरी निरीक्षक इन्स्पेक्टर