एनआईसी एशियाको सहुलियत योजना


काठमाडौं । एनआईसी एशिया बैंकले कोभिड(१९ बाट आफ्ना ऋणीमा परेको असर कम गर्न भनेर सहुलियत योजना ल्याएको छ ।

बैंकले ग्राहकको आर्थिक भार कम गर्न साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाको असोज मसान्त मसान्तसम्मको साँवा तथा ब्याज रकम असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई ८।९९ प्रतिशत ब्याजदर कायम गरिने भएको हो ।
नयाँ ब्याजदर कात्तिक १ देखि लागु हुनेछ ।