सेयर बजार ३ अंकले घट्यो, कारोबार रकममा वृद्धि

नेपालभूमि, काठमाडौं ।
मंलबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ ।
साथै ३ कम्पनी स्थीर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।