लाइफ टाइम सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका बिज्ञसँग छलफल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग बिषयगत छलफल शुरु गर्नुभएको छ । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका बिषयमा केन्द्रीत भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभएको छ ।

नेपालमा विगत र वर्तमानका सडक अबस्था, जोग्राफिकल जियोग्राफी र भविश्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने बिषयमा छलफल शुरु गरिएको छ । छलफलमा मन्त्री ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतिलाई कसरी हल गर्ने भन्ने बिषयमा विज्ञ टोलीसँग राय सल्लाह माग्नुभएको छ । ‘सडक गाउँबस्तीमा पुरयाउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौति छन् ।’

पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा। तारानिधी भट्टराई, बिबी देउजालगायतका बिज्ञसँग छलफल शुरु गर्नुभएको छ । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान बिज्ञ टोलीले सुझाव दिएको छ ।

जति राम्रो सडक बनाएपनि वाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरुको तत्तकाल अध्ययन थाल्न बिज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सवै सहसचिवको पनि सहभागिता रहेको छ ।