विभागका चार जना आयोजना प्रमुखहरु पुरस्कृत


काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागका चार जना आयोजना प्रमुखहरु पुरस्कृत भएका छन् । आयोजनाहरुले गत आर्थिक बर्षमा गरेको उत्कृष्ट कामको आधारमा चार जना आयोजना प्रमुखहरुलाई पुरस्कृत गरेको हो । विभागको बार्षिक समिक्षा गोष्ठिमा आयोजित कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजना बाग्लुङका आयोजना प्रमुख सुनिता श्रेष्ठ, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका आयोजना प्रमुख प्रदीप खनाल, सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाका आयोजना प्रमुख प्रदिप सिंह र संघीय आयोजना कार्यान्वयन इकाई मोरडका आयोजना प्रमुख गणेश महर्जन पुरस्कृत भएका हुन् ।

विभाग अन्र्तगत रहेका २१ वटा आयोजना मध्यबाट ४ जना आयोजना प्रमुखहरु पुरस्कृत भएका छन् । वार्षिक कार्य प्रगति, बेरुजु फछ्र्यौट लगायतका विभिन्न सूचकमा उत्कृष्ट अंंक ल्याउने आयोजना प्रमुखलाई शहरी विकास मन्त्री सीता गुरुङले पुरस्कृत गर्नुभएको हो । विभागका उपमहानिर्देशक नारायण भण्डारीको संयोजकत्वमा गठित मुल्याकंन टोलीले चार जना आयोजना प्रमुखहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।