सपथ लगत्तै पशुपतिनाथ पुगे राप्रपाका ४ मन्त्री


४ माघ, काठमाडौं ।
राप्रपाबाट नवनियुक्त मन्त्रीहरु राष्ट्रपति कार्यालयका सपथ लिए लगत्तै पशुपतिनाथ पुगेर दर्शन गरेका छन् । सिंहदरवारमा पद बहाली गर्नुअघि राप्रपाबाट उपप्रधान एवं उर्जा मन्त्री बनेका राजेन्द्र लिङदेन, शहरी विकास मन्त्री विक्रम पाण्डे र कानुन मन्त्री धु्रब बहादुर प्रधान र उर्जा राज्य मन्त्री बनेका दीपक कुमार सिंह पशुपति पुगेका हुन् । पशुपतिको दर्शन लगत्तै चारै जना मन्त्रीहरुले सिंहदरवार पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको छ ।