सरकारमा जाने जसपाको निर्णय, ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी


नेपालभूमि, काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालले ससर्त सरकारमा जाने निर्णय गरेको छ । मंगलबार राजधानीमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको हो।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना ऐजण्डाहरू समावेश गरेमा सरकारमा जाने सैद्धान्तिक निर्णय भएको कार्यकारिणी सदस्य प्रमोद साहले जानकारी दिए ।

सरकारमा जान शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय भएको साहले बताए । जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको छ।