पाेखराकाे फेवाताल सफा गर्दै राखेपका सदस्य सचिव घिसिङ


२५ असोज, पोखरा ।
पोखरा महानगरपालिकाको आह्वानमा आजबाट पुनः फेवाताल सफाई अभियान सुरु भएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यको नेतृत्वमा फेवाताललाई सफा बनाउने अभियान सुरु भएको हो । पोखरा महानगरपालिकाको नेतृत्वमा सुरु भएको अभियानमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पनि साथ दिएका छन् ।

घिसिङले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखराको फेवाताललाई सफा र स्वच्छ राख्न सफाई अभियानले आगामी दिनमा पनि निरन्तता पाउनु पर्ने बताए । उनले भने,‘सफाई अभियानले निरन्तरता पाउनु पर्छ, पर्यटकको रोजाईको गन्तव्यलाई अझै आकर्षक बनाउन जरुरी छ ।’


सफाइ महाअभियान शुभारम्भ भएकोमा नागरिक समाज कास्कीले खुसी व्यक्त गरेको छ । फेवातालको ड्यामसाइड क्षेत्रदेखि चंखपुरसम्म भएको सफाइ अभियानमा पोखरा महानगरका नगरप्रमुख, नगरउपप्रमुख, ३३ वटै वडाका जनप्रतिनिधि, सुरक्षा निकाय,विभिन्न संघसंस्था, नागरिक लगायतको सहभागीता रहेको थियो ।