१७ तस्बिरमा हेर्नुहोस् शहरी विकास मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी

नेपालभूमि, काठमाडौं ।
शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे गोष्ठी गरिरहेको छ । काठमाडौंको चन्द्रगिरीमा जारी ३ दिने वार्षिक समीक्षा गोष्ठीमा मन्त्रालय मातहतका विभिन्न विभाग तथा कार्यालययहरुले वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरिरहेका छन् ।
मन्त्रालयका उच्च अधिकारीहरु समेतको सहभागितामा चलिरहको समीक्षा गोष्ठीको बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मन्त्रालयको कार्यप्रगति बढाउन उच्च मनोबलका साथ अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले देश निर्माणमा कर्मचारीको अहम् भूमिका रहने बताउँदै अनुशासित भएर काममा खटिन पनि उनले आग्रह गरे ।
तस्बिर : विष्णु रैगाईं