प्रचण्ड र नारायणकाजीबीच डेढ घण्टा छलफल
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2022/07/narayankaji-768x392.jpg)
काठमाडौं, ४ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो ।
अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ । भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।